Kathmandu Press

आज मोतिराम भट्ट जयन्ती मनाइँदै

काठमाडौं, भदौ ११ : आज कवि मोतीराम भट्टको १५७औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।कवि भट्ट एक सय ५६ वर्ष पहिले १९२३...
आज मोतिराम भट्ट जयन्ती मनाइँदै

काठमाडौं, भदौ ११ : आज कवि मोतीराम भट्टको १५७औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

कवि भट्ट एक सय ५६ वर्ष पहिले १९२३ भदौ कृष्ण औशी अर्थात् कुशे औँशीकै दिन जन्मिएका हुन्। उनको ३० वर्षकै उमेरमा मृत्यु भएको थियो।

कवि भट्टले गजल, कथा, नाटक र निबन्धमा पनि कलम चलाएका थिए। उनी प्रायः शृङगार रसमा कविता तथा गजल लेख्ने गरेको पाइन्छ।

उनले नै आदिकवि भानुभक्तको जीवनी प्रकाशनमा ल्याएका थिए। जसले गर्दा भानुभक्तलाई सबैले चिन्ने मौका पाएका थिए।

आज उनको जन्मजयन्तीमा विविध साहित्यिक कार्यक्रम आयोजना गरिँदै छन्।

प्रकाशित मिति: ०७:४८ बजे, शनिबार, भदौ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्