Kathmandu Press

हलवालाप्रति प्रदीपको आक्राेश– चोकचोकमा प्रोजेक्टर राखेर फिल्म देखाउने दिन नओस्

काठमाडाैं, भदाै १० : आजैबाट प्रर्दशनमा आएको फिल्म ‘प्रकाश’का अभिनेता प्रदीप खड्का हलवालाहरु प्रति आक्रोशित बनेका छन्। क्युएफएक्सले प्रकाशलाई कम शो दिएपछि हलवालाहरुले...
हलवालाप्रति प्रदीपको आक्राेश– चोकचोकमा प्रोजेक्टर राखेर फिल्म देखाउने दिन नओस्

काठमाडाैं, भदाै १० : आजैबाट प्रर्दशनमा आएको फिल्म ‘प्रकाश’का अभिनेता प्रदीप खड्का हलवालाहरु प्रति आक्रोशित बनेका छन्। क्युएफएक्सले प्रकाशलाई कम शो दिएपछि हलवालाहरुले विभेद गरेको भन्दै प्रदीपले आक्रोश पोखेका हुन्।

शुक्रबार पत्रकार सम्मेलन गरेरै प्रकाश युनिटले आफूहरुप्रति गरिएको विभेदको विरोध गरे। सोही क्रममा प्रदीपले यस्तै अवस्था रहने हो भने नेपाली फिल्म चोकचोकमा प्रोजेक्टर राखेर प्रदर्शन गर्नुपर्ने दिन आउने बताए।

Hardik ivf

‘हामीलाई अपमान महसुस भएको छ । हाम्रो फिल्मलाई फ्लप बनाउन खोजियो,’ भारतीय फिल्म ‘लाइगर’तर्फ लक्षित गर्दै प्रदीपले भने, ‘हाम्रो फिल्मसँग जुन लाग्दैछ, त्यो फिल्म फ्री शो लगाउँदा पनि मान्छे आउँदैनन् जस्तो लागेको छ, रिभ्यु त्यस्तै आएको छ। त्यसको बाबजुद पनि हामीलाई किन यति थोरै शो ?’

उनले शोको उचित बाँडफाँट नभएको बताए । प्रदर्शकसँग मेरो चित्तदुखाइ र गुनासो नभएको बताउँदै उनीहरुको व्यवहारले आफू कन्फयुजन चाहिं भएको उनले बताए। प्रदीपले भने, ‘मलाई अचम्म लाग्यो, यो खालको अपमान किन ? व्यक्तिगत रुपमा मेरो कसैसँग रिसइबी छैन । प्रदर्शकको नियतमा खोट देखेको छु, त्यसैले हामीलाई अपमान महसुस भयो ।’

नेपाली फिल्मलाई संरक्षण गर्न हलवालाहरुले सहयोग गरेको पनि प्रदीपले गुनासो गरे। ‘नेपालमा सरकारी आरक्षणको व्यवस्था किन छ ? जो दयनीय अवस्थामा छ र जो अझै पीडित देखिन्छ । उसलाई सहयोग होस् भनेर होइन ? त्यो सपोर्ट नेपाली फिल्म उद्योगभित्र किन छैन?,’ प्रदीपले गुनासो पोखे।

फिल्म युनिटले पत्रकार सम्मेलन गरेरै विरोध गरेपछि क्युएफएक्सले प्रकाशको शो बढाएको छ।

प्रकाशित मिति: २१:०५ बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्