Kathmandu Press

केदार खड्काको पुस्तक ‘प्राकृतिक भोजन स्वस्थ जीवन’ बजारमा

काठमाडौं, भदौ ९ : घरमा भएका अन्न, तरकारी, फलफुल र भान्छाको मसलालाई सहि तरिकाले सेवन गर्ने विधि सिकाउने पुस्तक ‘प्राकृतिक भोजन स्वस्थ जीवन’ पाठकमाझ...
केदार खड्काको पुस्तक ‘प्राकृतिक भोजन स्वस्थ जीवन’ बजारमा

काठमाडौं, भदौ ९ : घरमा भएका अन्न, तरकारी, फलफुल र भान्छाको मसलालाई सहि तरिकाले सेवन गर्ने विधि सिकाउने पुस्तक ‘प्राकृतिक भोजन स्वस्थ जीवन’ पाठकमाझ आएको छ। योग शिक्षक केदार खड्काले लेखेका उक्त पुस्तकमा हामीले खाएको भोजनले शरीरलाई मात्र नभई मन र विचारलाई पनि सिधा प्रभाव पार्ने उल्लेख छ । 

पतञ्जली योग समिति भक्तपुरका अध्यक्षसमेत रहेका खड्काको यो तेस्रो कृति हो । यस अघि उनका ‘स्वस्थ जीवन सुखी जीवन’ र ‘स्वस्थ जीवन जिउने कला’ शिर्षकका दुई पुस्तक पाठकमाझ आइसकेका छन् । लेखकले आफ्ना स्वर्गिय बुबा इन्द्रबहादुर खड्का र स्वर्गिय आमा सान्नानी खड्कामा समर्पण गरेका उक्त पुस्तकको प्रकाशन कमला खड्काले गरेकी हुन्।  

Hardik ivf

भोजनको महत्व यति धेरै हुँदा पनि मानिसले जिब्रोको स्वाद र क्षणिक आनन्दका लागि गलत र बढी भोजन गर्दै आएका लेखक एवं बरिष्ठ समाजसेवी खड्काको भनाइ छ । भोजनको प्रभाव शरीरमा भन्दा बढी मनमा पर्ने बताउँदै उनले भने, ‘जस्तो खायो अन्न, त्यस्तै बन्छ मन । जस्तो मन बन्छ त्यस्तै हुन्छ विचार ।’ लेखकले डर, त्रास, क्रोध, तनाव आदि नकारात्मक भावना उठेका बेला कहिले पनि खाना खान नहुने पुस्तकमा उल्लेख गरेका छन् । खाना बिस्तारै जति चपाएर खायो, त्यति कम खाए पुग्ने र खाएको खाना राम्ररी पचेर शरीरमा काम गर्ने उनको तर्क छ।

पतञ्जली योग समिति भक्तपुरको १६औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि पतञ्जली योग समिति नेपालका मूख्य केन्द्रिय प्रभारी लवदेव मिश्रलगायत विशेष अतिथिहरू साद्वी देवकृपा, महिला सह केन्द्रिय प्रभारी अर्चना घिमिरे र बागमति प्रदेशका प्रमूख ग्रोविन तौजलेले पुस्तकको विमोचन गरेका हुन्। 

कार्यक्रममा प्रमुख अतिथि मिश्रले सम्पूर्ण नेपालीलाई स्वस्थ राख्ने अभियानलाई सफल र सार्थक बनाउन भक्तपुर जिल्लाबाट पुस्तकका लेखक खड्का र उनका साथीहरुले मिलेर विगत एक दशकदेखि प्रयत्न गरेका बताए । पुस्तकमा खानालाई सही तरिकाले खान सके यसले औषधिको काम गर्ने र गलत तरिकाले खायो भने मन्द विषको काम गर्ने भएकाले सधै प्राकृतिक भोजन गर्न लेखकले सबैलाई उत्प्रेरित गरेका मुख्य केन्द्रिय प्रभारी मिश्रले बताए।  

रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित ब्यायम, उचित भोजन र तनाव ब्यवस्थापन जरुरी रहेको आफूले पाएकाले पुस्तकमा प्राकृतिक भोजनका बारेमा जानकारी दिने प्रयास गरेको योग शिक्षक खड्काले बताए। 

कार्यक्रममा भक्तपुर जिल्लाको पतञ्जलीका ३ वटै समिति मूल समिति, महिला समिति र यूवा समितिको दुई वर्षको लागि पदस्थापन कार्यक्रम सम्पन्न भयो । १९ सदस्यि मूल समितिमा केदार खड्का, १८ सदस्यि महिला समितिमा मन्जु कुम्पाख र १४ सदस्यि यूवा समितिको अध्यक्षमा प्रभारी विकास बज्राचार्य चयन भएका छन्।

प्रकाशित मिति: १८:२० बजे, शुक्रबार, भदौ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्