Kathmandu Press

अमिताभ बच्चन पुनः कोरोनाबाट सङ्क्रमित

नयाँ दिल्ली, भदाै ८ : भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको...
अमिताभ बच्चन पुनः कोरोनाबाट सङ्क्रमित

नयाँ दिल्ली, भदाै ८ : भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेखेका छन्। 

'म कोरोना भाइरसबाट सङ्क्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,' उनले लेखेका छन्।  

उनले आफू अहिले पहिलो पटक सक्रङ्क्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरेका छन्। यसअघि उनी सन् २०२० को जुलाईमा पहिलोपटक सङ्क्रमित भएको थिए। 

त्यति बेला उनी झण्डै तीन हप्ता अस्पतालमै रहेका थिए। उनी मात्रै नभई उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातिनी आराध्या पनि सङ्क्रमित भएका थिए। 

प्रकाशित मिति: १६:४४ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्