Kathmandu Press

तीजमा ‘ढल्की ढल्की’ आइन् प्रीति

काठमाडाैं, भदाै ८ : नेपाली नारीको महान चाड हरितालिका तीजका अवसरमा गायिका प्रीति कौरले ‘ढल्की ढल्की’ बोलको गीत ल्याएकी छिन्। सुष्मा सिग्देलले लेखेको...
तीजमा ‘ढल्की ढल्की’ आइन् प्रीति

काठमाडाैं, भदाै ८ : नेपाली नारीको महान चाड हरितालिका तीजका अवसरमा गायिका प्रीति कौरले ‘ढल्की ढल्की’ बोलको गीत ल्याएकी छिन्। सुष्मा सिग्देलले लेखेको गीतको कम्पोज अंकितबाबु अधिकारीले गरेका हुन्।

विक्रम स्वाँरले निर्देशन गरेको भिडियोमा इस्टु कार्कीसँगै प्रीति कौर आफैं नाचेकी छिन्। उत्सव दाहालले खिचेको भिडियोमा जस्विर कौर स्वाँरले कोरियोग्राफी गरेका छन्।

Hardik ivf

वीरबहादुर चौधरीले सम्पादन गरेको भिडियो प्रीतिले आफ्नै अफिसियल युट्युब च्यालनबाट सर्वाजनिक गरेकी छिन्।

पप गायिका रुपमा परिचय बनाएकी प्रीतिले लोकलयको तीज गीतबाट पनि राम्रो प्रतिक्रिया पाएको बताएकी छिन्। ‘दर्शक स्रोताबाट राम्रो रेस्पोन्स आएको छ, यसले खुसीसँगै उत्साह पनि थपेको छ,’ उनले भनिन्।

प्रकाशित मिति: १२:५५ बजे, बुधबार, भदौ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्