Kathmandu Press

विकल्पलाई ‘शक्ति पुरस्कार’

विकल्पलाई ‘शक्ति पुरस्कार’

बाग्लुङ, भदौ ४ : साहित्यकार साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई शक्ति पुरस्कार प्रदान गरिएको छ। रणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७८ को शक्ति पुरस्कार पर्वतका साहितयकार विकल्पलाई प्रदान गरेको हो।

संस्थाको ३० औं वार्षिकोत्सवका अवसरमा ८ हजार रुपैयाँ राशिको शक्ति पुरस्कार साहित्यकार विकल्पलाई प्रदान गरियो । नेपाली भाषा, साहित्यको उन्नयनमा पु¥याएको योगदानबापत उनलार्य पुस्कार प्रदान गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताए।

साहित्यकार विकल्पले पुरस्कारले सिर्जनाकर्ममा अझ सक्रिय हुन उत्प्रेरणा थपेको उल्लेख गरे।

पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्षसमेत रहेका विकल्पका कविता सङ्ग्रह ‘सम्झनाका डोबहरु’, मुक्तक सङ्ग्रह ‘भुल्काहरु’, लघुकथा सङ्ग्रह ‘सर्वदलीय घर’, गजल सङ्ग्रह ‘लालीगुराँस फूल्ने मन’लगायत कृति प्रकाशित छन् । उनले साहित्यिक पत्रिका कालीका सुसेली पनि सम्पादन गर्छन्।

पुरस्कार समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा २०५० सालमा स्थापना गरेका हुन्। संस्थाले २०७४ सालदेखि साहित्यतर्फ पुरस्कार दिन थालेको हो ।

 

 

प्रकाशित मिति: ११:४९ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्