‘प्रेमगीत ३’ को नेपाली र हिन्दी भाषामा दोस्रो टिजर सार्वजनिक
काठमाडाैं, भदाै ३ : सन्तोष सेन र छेतन गुरुङद्वारा निर्देशित चलचित्र ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी भाषामा दोस्रो टिजर सार्वजनिक गरिएको छ।कृष्ण...
काठमाडाैं, भदाै ३ : सन्तोष सेन र छेतन गुरुङद्वारा निर्देशित चलचित्र ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी भाषामा दोस्रो टिजर सार्वजनिक गरिएको छ।
कृष्ण जन्माष्टमीको अवसर पारेर आज (शुक्रबार) ‘ओएसआर डिजिटल’बाट नेपालीमा र ‘स्पार्कलिन स्टुडिओ’बाट हिन्दीमा आज टिजर सार्वजनिक गरिएको हो।
आगामी असोज ७ देखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको निर्माण पक्षले जनाएको छ। एक साताअघि हिन्दी र नेपाली भाषको पहिलो टिजर सार्वजनिक गरिएको थियो।
भारतमा जी-म्युजिक, युएफओ र मधु इन्टटेनमेन्टले चलचित्र प्रदर्शन गर्नेछ। चलचित्रको कथा निर्देशक गुरुङले तयार पारेका हुन् भने यसका निर्माता सेन हुन्।
प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवा, शिव श्रेष्ठ, मनीष राउतलगायत कलाकारको अभिनय छ।
हिन्दी भाषाकाे टिजर
नेपाली भाषाकाे टिजर












