वरिष्ठ पत्रकार रिसालको ‘छानिएका रचना’ सार्वजनिक
काठमाडाैं, साउन २८ : वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ।सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा...
काठमाडाैं, साउन २८ : वरिष्ठ पत्रकार भैरव रिसालद्वारा लिखित ‘छानिएका रचना’ सार्वजनिक भएको छ।
सिमल बुक पब्लिकेशनले यहाँ आज आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, समाजसेवी तथा वरिष्ठ चिकित्सक गौरीशङ्करलाल दास, लेखक रिसाल र डा गोविन्द सार्की नेपालीले संयुक्तरूपमा आज लोकार्पण गरे।
रिसालको ९५औं जन्मदिनको अवसरमा आज पुस्तक विमोचन गरिएको हो।
पुस्तकमा मजदुर (दैनिक) र श्रमिक (साप्ताहिक) पत्रिकामा छापिएका करिब दुई सय लेखमध्येबाट छानेर करिब ६५ लेखलाई पुस्तकमा समावेश गरिएको छ। सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको सो पुस्तकको मूल्य रु ५०० रहेको छ।
पुस्तकमा ‘खल्लो नयाँ वर्ष’, ‘मरणोपरान्त पनि सजाय दिउँ’, ‘नेहरुको चिठी सार्वजनिक गर’, ‘खोजेको के भइरहेको छ रु’ ‘नक्सा एकता एमसीसीविरुद्ध पनि’, ‘कति तरल राजनीति’ र ‘अविलम्ब सार्वजनिक गर’ लगायतका लेख समावेश गरिएको छ।
पुस्तकलाई वरिष्ठ पत्रकार भरतराज पोखरेलले सम्पादन गरेका छन्। समाजसेवी तथा वरिष्ठ चिकित्सक दासले बहुआयामिक व्यक्तित्व व पत्रकार रिसालले समाजमा पु¥याएको योगदानको राज्यले उच्च कदर गर्नुपर्नेमा जोड दिए।












