Kathmandu Press

हृदयाघातका कारण छायाकार पाण्डेको निधन

काठमाडाैं, साउन २५ : छायाकार विदुर पाण्डेको हृदयाघातका कारण निधन भएको छ।आज (बुधबार) बिहान पौने ६ बजे गंगालाल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको...
हृदयाघातका कारण छायाकार पाण्डेको निधन

काठमाडाैं, साउन २५ : छायाकार विदुर पाण्डेको हृदयाघातका कारण निधन भएको छ।

आज (बुधबार) बिहान पौने ६ बजे गंगालाल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हाे।

उनको निधनपछि चलचित्र क्षेत्र स्तब्ध बनेको छ। चलचित्र जगतका विभिन्न व्यक्तिले उनको निधनले स्तब्ध बनाएकाे बताउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

साढे तीन दशकदेखि रंग क्षेत्रमा क्रियाशील उनले ‘कागबेनी’, ‘भुइँमान्छे’, ‘स्वर’लगायतका चलचित्रको छायांकन गरेका थिए।

पाण्डेले विभिन्न टेलिभिजन कार्यक्रम र म्युजिक भिडियोमा समेत सिनेमाटोग्राफीको काम गरेका थिए।

प्रकाशित मिति: १०:४३ बजे, बुधबार, साउन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्