Kathmandu Press

फोहोरको शहर (भिडियाे)

बालेन मेयर बनेपछि तीन महिनाकै अवधिमा कैयौं पटक बञ्चरेडाँडावासीले काठमाडौंबाट फोहोर लिएर गएका टिपर रोके, आन्दोलन गरे ।

काठमाडौं, साउन २४ : काठमाडौं महानगरपालिकाले नयाँ नेतृत्व पाएको तीन महिना पुगिसकेको छ। फोहोर व्यवस्थापनालाई मुख्य एजेन्डा बनाएर चुनाव लडेका बालेन साह महानगरका प्रमुख छन्।

मेयर निर्वाचित भएपछि बालेनले पहिलो बैठकमै फोहोर व्यवस्थापनको विकल्पबारे वडाध्यक्षहरुसँग छलफल गरेका थिए। बञ्चरेडाँडा र सिसडोल ल्यान्डफिल्ड साइटमै पुगेर महानगर प्रमुख बालेनले स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै फाहोर बिसर्जनमा अवरोध नपुर्याउन अनुरोध गरे। 

Hardik ivf

तर, बञ्चरेडाँडा र सिसडोलबासीले आफूहरुको माग पूरा नभएको भन्दै पटकपटक फोहोर बिसर्जनमा अवरोध सिर्जना गरे। बालेन मेयर बनेपछि तीन महिनाकै अवधिमा कैयौं पटक बञ्चरेडाँडावासीले काठमाडौंबाट फोहोर लिएर गएका टिपर रोके, आन्दोलन गरे। फाेहोर बिसर्जनका लागि पटकपटक प्रहरी नै परिचालन गरियो। 

सोमबार पनि बञ्चरेडाँडामा फोहोर फाल्नका लागि प्रहरी परिचालन गरिएको थियो। स्थानीयको अवरोधका बाबजुद जबर्जस्ती फोहोर फालिएपछि अज्ञात समूहले फाहोर बोकेर गएका टिपर नै तोडफोड गरे  ।

ल्यान्डफिल्ड साइटमा अवरोध सिर्जना भएपछि वर्षायाममा काठमाडौंका फोहोर सडक किनारमा थुप्रिन थालेका छन्। मुख्य सडक र चोकचोकमा फोहोरका डंगुर थुप्रिन थालेपछि सहर कुरुप हुन थालेका छन्। दुर्गन्ध र प्रदुषणले काठमाडौंमा महामारी फैलिने खतरा पनि उत्तिकै छ।

 

स्कुल, होटल, खाजाघर अगाडि डंगुरका डंगुर फोहोर थुप्रिँदा काठमाडौंका नागरिकले के–कस्ता समस्या झेलिरहेका छन्। फोहोर व्यवस्थापनका लागि महानगरले के गर्नुपर्छ ? यी र यस्तै विषयमा हामीले काठमाडौंका केही स्थानीयहरुसँग कुराकानी गरेका छौं। उनीहरुको  गुनासो र सुझाव भिडियोमा हेरौं।  

प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, साउन २४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्