गायिका लक्ष्मी न्यौपाने यसरी झल्काईन् माईतीको माया (भिडियो)
काठमाडौं, साउन २२ : चर्चित लोक तथा दोहोरीगायिका लक्ष्मी न्यौपानेले आफ्नो तीज गीत मार्फत माईती घरको सम्झना दिलाएकी छिन् । तीजको मौलिक शब्द र...
काठमाडौं, साउन २२ : चर्चित लोक तथा दोहोरीगायिका लक्ष्मी न्यौपानेले आफ्नो तीज गीत मार्फत माईती घरको सम्झना दिलाएकी छिन् ।
तीजको मौलिक शब्द र भाकामा न्यौपानेले ‘भन्नु हुन्थ्यो बाबाले’ बोलको गीत सार्बजनिक गरेकी हुन् । उनले गीतमार्फत माईती देशको सम्झना गर्दै सानोमा बाबा, आमा, दिदी, साथीभाईको मायाको सम्झना दिलाएकी हुन् ।
यस्तै उनले जन्मघर नै पहिलो पाठशाला भएको भन्दै माईती घरको सम्झना झलझली सदैव आउने भन्दै स्मरण गराएकी छिन् । तीजमा मौलिकता पस्कने गायिका न्यौैपाने सधैका तीजमा मौलिकता जोगाउने गरेकी छिन् ।
राजकुमार बगरको शब्द रहेको गीतमा न्यौपाने आफैले स्वर तथा संगीत दिएकी छिन् । गीतको म्युजिक भिडियोमा स्मृती तिमिल्सिना र रिना थापा मगरलाई देख्न सकिन्छ ।
म्युजिक भिडियोलाई न्यौपानेको आधिरिक युटुब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।
प्रकाशित मिति: १९:१२ बजे, आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












