लेखक-कलाकारमा जनताको मनस्थिति बदल्ने सामर्थ्य हुन्छ : महासविच पोखरेल
काठमाडौं, साउन २२ : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक-कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामथ्र्य राख्ने भएकाले त्यस भूमिकालाई...
काठमाडौं, साउन २२ : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक-कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामथ्र्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताउनुभएको छ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको राजनीतिक, वैचारिक र सांस्कृतिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले जनजीविकाका सवाल र समृद्धिको यात्रामा अग्रगामी विचार र पक्षधरलाई स्रष्टाहरुले साथ दिई मुलुकको स्थायित्व र विकासका लागि योगदान दिन सक्नुपर्नेमा पनि जोड दिए।
महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धि हासिल गर्नु अहिलेको आवश्यकता भएकाे बताए।
एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले मार्क्सवादीले धर्म र अन्धविश्वासमा आशक्त नभइ वैज्ञानिक खोज र अध्ययनतर्फ विशेष ध्यान दिनुपर्ने बताए। पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समृद्धिको लक्ष्य लिएको एमालेलाई विजयी गराउन आग्रह गरे।
महासंघका कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले आगामी दिनमा रचनाशिल्प र विविध विधागत सवालमा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिए। उपाध्यक्ष आरसी न्यौपानले ‘जनताको बहुदलीय जनवाद’ को साहित्य र सौन्दर्यबारे जागरण ल्याउनुपर्ने बताए।
प्रशिक्षणमा महासंघका विभिन्न सात घटकका केन्द्रीयस्तरका प्रतिनिधि र वाग्मती प्रदेश कमिटीका पदाधिकारी सहभागी थिए।












