Kathmandu Press

फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल

फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल
Hardik ivf

काठमाडाैं, साउन २१ : वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त भएका छन्। सोसाइटीको साधारणसभाबाट उनी अध्यक्षमा पुनः नियुक्त भएका हुन्। 

अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू कटिबद्ध भएर लागिपर्ने बताए। यसैगरी सोसाइटीको उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ निर्वाचित छ। 

यसैगरी सोसाइटीको सदस्यमा क्रमशः चेतबहादुर सिंह, सानुकुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाईएल लामा, मधुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन भएका छन्। नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत छन्। 

प्रकाशित मिति: १४:५५ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्