गायिका राईले ताेडिन् प्रेमी बराइलीसँगको इन्गेजमेन्ट
काठमाडाैं, साउन २० : चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी छन्।उनले आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट तोडएिको जानकारी दिएकी हुन्।...
काठमाडाैं, साउन २० : चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी छन्।
उनले आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट तोडएिको जानकारी दिएकी हुन्। मेलिनाले सञ्जीवसँग वैचारिक मतभेत सिर्जना हुन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको बताएकी छन्।
‘केही समयअगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जाल मार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो,’ उनले फेसबुकमा लेखेकी छन्, ‘हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो वचिारमा मेल खान सकेन। धेरै समीक्षा आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।’
सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी नहुने पनि उनले उल्लेख गरेकी छन्। ‘त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत सार्वजानिक गर्दछु,’ उनले लेखेकी छन्, ‘यसबीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्रार्थी छु, साथै भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु।’
सञ्जीव र मेलिनाबीच दुई वर्षअघि इन्गेजमेन्ट भएको थियो। तर गत वैशाखमा मेलिनाले सामाजिक सञ्जालमार्फत सञ्जीवको आफ्नो इन्गेजमेन्टको जानकारी दिएकी थिइन्। बिर्तामोड घर भएका सञ्जीव नेपालका चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्।












