Kathmandu Press

द भ्वाइस अफ नेपालको निर्णायकमा भित्रिए राजेशपायल र प्रविशा 

काठमाडौं, साउन १९ : ‘द भ्वाइस अफ नेपाल सिजन ४’ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । परिवर्तन भएका निर्णायकमा राजेशपायल राई...
द भ्वाइस अफ नेपालको निर्णायकमा भित्रिए राजेशपायल र प्रविशा 

काठमाडौं, साउन १९ : ‘द भ्वाइस अफ नेपाल सिजन ४’ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । परिवर्तन भएका निर्णायकमा राजेशपायल राई र प्रविशा अधिकारी रहेका छन् ।

त्यस्तै पुराना निर्णायक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन् ।  सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

Hardik ivf

डिजिटल अडिसनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरू ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन् । अडिसनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपाली भाषी प्रतिभाहरूले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ ।

भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बसोवास गरिरहेका नेपालभूमीका प्रतिभाहरूले पनि अडिसनमा सहभागिता जनाएको आयोजकको भनाइ छ । तीन सिजनसम्म निर्णायक रहेका वरिष्ठ गायक दीप श्रेष्ठले भने यस सिजनमा विश्राम लिएका छन् ।

आगामी एक महिना भित्र नै सिजन ४ को प्रशारण शुरु हुने आयोजकले जनाएको छ । शो हरेक शुक्रवार र शनिवार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ । 

प्रकाशित मिति: २०:२७ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्