Kathmandu Press

‘न्यायको पहुँचमा दलित’ पुस्तक सार्वजनिक

काठमाडाैं, साउन १९ : ‘न्यायको पहुँचमा दलित’ पुस्तक सार्वजनिक गरिएको छ।जागरण मिडिया सेन्टर (जेएमसी) ले प्रकाशन गरेको सो पुस्तकलाई प्रतिनिधिसभा, कानुन, न्याय तथा...
‘न्यायको पहुँचमा दलित’ पुस्तक सार्वजनिक

काठमाडाैं, साउन १९ : ‘न्यायको पहुँचमा दलित’ पुस्तक सार्वजनिक गरिएको छ।

जागरण मिडिया सेन्टर (जेएमसी) ले प्रकाशन गरेको सो पुस्तकलाई प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले आज आयोजित कार्यक्रममा सार्वजनिक गरे।

Hardik ivf

अनुसन्धानमा आधारित पुस्तकमा दलित समुदायको मानवअधिकार उल्लंघन र न्यायका लागि सङ्घर्षमा केन्द्रित छ। समिति सभापति पोखरेलले संवैधानिक र कानुनीरुपमा सुनिश्चित् अधिकारको व्यवहारिक रुपमै कार्यान्वयन गर्दै थप अधिकार प्राप्त गर्न दलित समुदायले एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए। 

सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले नीति निर्माण तहमा दलित समुदायको समान सहभागिताको माग गरे। राष्ट्रिय दलित आयोयका अध्यक्ष देवराज विश्वकर्माले भन्नुभयो, 'जातीय हिंसा तथा उत्पीडन मानवता विरुद्धको अपराध हो।'
    
पुस्तकभित्र देशभरका १२ घटनालाई समावेश गरिएको छ। पुस्तकमा दलित तथा सीमान्तकृत समुदायको मानवअधिकार उल्लङ्घनका घटनामा, घटनाको प्रकृति, न्यायको पहुँचको अवस्था, सङ्घर्ष र प्रक्रियासम्बन्धी विषयवस्तु समावेश गरिएको अध्यक्ष कमला विश्वकर्माले जानकारी दिनुभयो। 

लेखक तथा अध्येता जेवी विश्वकर्माको सहयोगमा तयार गरिएको पुस्तकमा खासगरी अन्तरजातीय विवाहका भएका घटना र पानी छोएको निहुँमा दलित समुदायमाथि भएको हत्या र कुटपिटलगायतका घटना समोवश गरिएको छ। 

पुस्तकलाई भीमबहादुर विक, विरु नेपाली र कृष्ण दर्नालले सम्पादन गरेका छन्। जेएमसी सन् २००० मा दलित समुदायका सक्रिय युवा सञ्चारकर्मीको पालामा स्थापना गरिएको गैरसरकारी संस्था हो।

सो संस्थाले दलित अधिकार सुनिश्चितताका लागि समानता, मानवअधिकार, लोकतन्त्र, समावेशीकरण, सामाजिक तथा वातावरणीय न्याय, दिगो विकास र व्यवस्थापनका लागि सञ्चारमार्फत वकालत गर्दै आइरहेको छ।

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्