Kathmandu Press

करिश्माले ज्यान फालेर नाचेको तीज गीत : पापाकी परी

काठमाडौं, साउन १९ : सुशिला पाठकको स्वरमा ‘पापाकी परी’ बोलको गीत सार्वजनिक भएको छ ।संगीतकार आशिष अविरलको युट्युब च्यानलमार्फत मंगलबार उक्त गीतको म्युजिक भिडियो...
करिश्माले ज्यान फालेर नाचेको तीज गीत : पापाकी परी

काठमाडौं, साउन १९ : सुशिला पाठकको स्वरमा ‘पापाकी परी’ बोलको गीत सार्वजनिक भएको छ ।

संगीतकार आशिष अविरलको युट्युब च्यानलमार्फत मंगलबार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। 

Hardik ivf

शिव हमालको शब्द रहेको उक्त गीतमा संगीत संयोजन आशिष अविरलले गरेका छन् । पुरुषतर्फको स्वर पनि आशिषले नै दिएका हुन्। 

गीतको भिडियोमा चर्चित कलाकार करिश्मा ढकालको अभिनय छ । अविरल पनि भिडियोमा देखिएका छन् । मौसम हिमालीले निर्देशन गरेको उक्त भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । 

भिडियोमा विवाहको प्रस्ताव लिएर केटा पक्ष माग्न आउँदा युवतीको मनोविज्ञान कस्तो हुन्छ भन्ने देखाउने प्रयास गरिएको छ। 

प्रकाशित मिति: १३:११ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्