Kathmandu Press

साउनको अन्तिम साता मिस सुनार २०२२ को अडिसन 

काठमाडौं,  साउन १८ : बिश्वकर्मा समुदाएको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बिश्वकर्मा समुदायका युवतीहरुलाई लक्षित गरी मिस सुनार २०२२ को आयोजना गरिने भएको...
साउनको अन्तिम साता मिस सुनार २०२२ को अडिसन 

काठमाडौं,  साउन १८ : बिश्वकर्मा समुदाएको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बिश्वकर्मा समुदायका युवतीहरुलाई लक्षित गरी मिस सुनार २०२२ को आयोजना गरिने भएको छ ।  

उक्त प्रतियोगितालाई लक्षित गरी आगामी साउन २१ गते अडिसन हुने भएको हो । प्रतिक इभेन्टले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल भरका बिश्कर्मा समुदायका १६ देखी २५ वर्षका युवतीहरुले अडिसनमा सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक प्रतिक सुनारले जानकारी दिए । 

Hardik ivf

प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीहरुलाई बिभिन्न चरणका कार्यक्रमहरु गर्दै असोजमा कार्यक्रमको फाईनल हुने छ । कार्यक्रममा भाग लिने प्रतियोगिहरु मध्ये टाइटल उपाधी हात पार्नेले हुनेले एक थान स्कूटर फ्रष्ट रनरअपले नगद ५० हजार र सेकेण्ड रनरअपले जनहि नगद रु २५ हजारसंगै म्यूजिक भिडियो संगै बिदेश भ्रमणको अवसर प्राप्त गर्नेछन ।

कार्यक्रम १ महिने प्रशिक्षण हुने छ जसमा प्रतियोगिहरुले आत्मरक्षा संबन्धि प्रशिक्षण, फेसन, व्यावसायिक शिक्षा, व्यत्तित्व बिकास कला लगायतका प्रशिक्षण दिईनेछ ।

कार्यक्रम प्रतियोगिता अरु भन्दा फरक रहने छ जसमा प्रतियोगिहरुले दैनिक ख्यात्ति प्राप्त कलाकार र प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने छ । लोप हुदै गहिरहेको बिश्वकर्मा समुदाएको कला संस्कृतिको जगेर्ना गर्दै यस समुदाएका युवतिहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति: २०:१९ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्