Kathmandu Press

‘निष्ठाको यात्रा’ लोकार्पण

काठमाडौं, साउन १७ : पूर्व गृहराज्यमन्त्री, सहकारी अभियन्ता तथा भावातीत ध्यानका प्रवर्धक डा दीपकप्रकाश बास्कोटाको जीवन भोगाइहरूको सँगालो ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ। पूर्वमन्त्री तथा नेपाली...
‘निष्ठाको यात्रा’ लोकार्पण

काठमाडौं, साउन १७ : पूर्व गृहराज्यमन्त्री, सहकारी अभियन्ता तथा भावातीत ध्यानका प्रवर्धक डा दीपकप्रकाश बास्कोटाको जीवन भोगाइहरूको सँगालो ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङलगायत विशिष्ट व्यक्तित्वहरूले सो कृतिको लोकार्पण गरेका हुन्। 

कृति लोकार्पणको अवसरमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, कांग्रेसका सहमहामन्त्री डिना उपाध्याय, समालोचक डा। कुमारप्रसाद कोइरालालगायतले पुस्तकमाथि परिचर्चा गरेका थिए। 

Hardik ivf

संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति डा कुलप्रसाद कोइरालाको सभापतित्वमा आयोजित उक्त समारोहमा डा किन्सली ब्रुक्सले ‘वैदिक नेपालको भविष्य’ माथि प्रकाश पारेका थिए । 

सो पुस्तक बुक्स राइटिङ नेपालले प्रकाशनमा ल्याएको हो।

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, साउन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्