‘प्रेमगीत ३’ असोज ७ मा संसारभरि एकसाथ रिलिज हुँदै
काठमाडाैं, असार १६ : चलचित्र ‘प्रेमगीत ३’ असोज ७ (सेप्टेम्बर २३) देखि नेपाल, भारतसहित संसारभरि एकसाथ रिलिज हुने भएको छ। नायक प्रदीप खड्का...
काठमाडाैं, असार १६ : चलचित्र ‘प्रेमगीत ३’ असोज ७ (सेप्टेम्बर २३) देखि नेपाल, भारतसहित संसारभरि एकसाथ रिलिज हुने भएको छ।
नायक प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङद्वारा अभिनित तथा सन्तोष सेन र छेतन गुरुङद्वारा निर्देशित उक्त चलचित्र नेपाल र भारतका सिनेमाघरहरूमा मात्र नभएर अन्य देशमा पनि एकैसाथ रिलिज हुने निर्माण पक्षले जनाएको छ। जी-म्युजिक, युएफओ र मधु इन्टटेनमेन्टद्वारा फिल्मलाई विश्वभर रिलिज गर्न लागिएको जनाइएको छ। यो चलचित्र हिन्दी भाषामा पनि डब गरिएको छ। चलचित्र ओटिटी प्लेटफार्ममा पनि अमेजन प्राइममार्फत रिलिज हुनेछ।
आज (सोमबार) पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले भदाै १६ (सेप्टेम्बर १) मा ट्रेलर सार्वजनिक गर्ने जनाएको छ। ‘प्रेमगीत ३’ सन् २०१६ मा रिलिज भएको चर्चिच नेपाली चलचित्र ‘प्रेम गीत’ को तेस्रो संस्करण हो। ‘प्रेम गीत २’ पनि बक्स अफिसमा सफल भएका थियो।
यस चलचित्रमा प्रदीप र क्रिस्टिनाका अलावा शिव श्रेष्ठ, माओत्से गुरुङ, सुनिल थापा, मनीष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको कथा निर्देशक गुरुङले तयार पारेका हुन् भने यसका निर्माता निर्देशक सेन हुन्।
निर्देशक तथा निर्माता सेनले उनले पोस्टर सार्वजनिक गरेपछि सामाजिक सञ्जाल फेबुकमा लेखेका छन्, ‘र, तपाईंहरु सबैले व्ग्रग्र प्रतीक्षा गरेको नेपाली फिल्म प्रेमगीत ३ हिन्दी भाषामा पनि सोही नामबाटै प्रदर्शनमा आउन लागेको खुसीको खबर सुनाउन चाहन्छु। यस अघि विश्वजितम नामबाट आउने तयारी यताको टिमले गरेको थियो। यससँगै पहिलोपटक हामीले हिन्दी भाषाको पोस्टर सार्वजनिक गरेका छौं। अब प्रेमगीत ३ संसारभर ! नेपाली, हिन्दी र अरु केही भाषामा।’
उनले यो पनि लेखेका छन्, ‘खुसी, उत्साह र उमंग... हाम्रो वर्षौको मिहेनतले सार्थकता पाएको छ। हाम्रो सपना त पूरा भयो तर यतिले मात्र पुग्दैन। हामी आम नेपालीले मेरा लागि होइन, समग्र उधोगको विकासका लागि एकपटक मज्जाले लागौं। नेपालमा सहर अनि गाउंमा, चोकचोक र गल्लीगल्ली प्रेम गीत ३ मय हुंदैछ। भारतका हरेक स्टेटमा प्रेमगीत ३ मय हुँदैछ।...’












