Kathmandu Press

पद्मश्री पुरस्कारका लागि पाँच पुस्तक प्रतिस्पर्धामा

काठमाडौं, साउन १५ : पद्मश्री साहित्य पुरस्कारका लागि पाँच वटा पुस्तक अन्तिम सूचीमा छनोट भएका छन्।पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको खेमलाल हरिकला...
पद्मश्री पुरस्कारका लागि पाँच पुस्तक प्रतिस्पर्धामा

काठमाडौं, साउन १५ : पद्मश्री साहित्य पुरस्कारका लागि पाँच वटा पुस्तक अन्तिम सूचीमा छनोट भएका छन्।

पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कारका लागि छनोट भएका पाँच पुस्तकको सूची सार्वजनिक गरेका छन्।

यसअघि १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो। त्यसैमध्ये अन्तिम पाँच पुस्तक छनोट गरिएको अध्यक्ष लामिछानेले जनाएका छन्।

अन्तिम पाँच पुस्तकमा डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केशव बिनाबीको यादहरुको संग्रहालय रहेका छन्।

यिनै पाँच कृतिमध्ये एउटालाई २०७८ सालको पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने अध्यक्ष लामिछानेले जनाएका छन्।

 

प्रकाशित मिति: ०७:४३ बजे, आइतबार, साउन १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्