Kathmandu Press

साफ च्याम्पियनसिपमा श्रीलंकासँग भिड्दै नेपाल

काठमाडौं, साउन १० : साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ।भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आज साँझ ७ बजे नेपाल र...
साफ च्याम्पियनसिपमा श्रीलंकासँग भिड्दै नेपाल

काठमाडौं, साउन १० : साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आज साँझ ७ बजे नेपाल र श्रीलंकाको खेल हुनेछ। नेपालको आज दोस्रो खेल हो।

पहिलो खेलमा सोमबार नेपालले मालदिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।

श्रीलंकाले भने पहिलो खेलमा पराजय भोगेको छ। बंगलादेशले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको यियो।

नेपालले तेस्रो खेलमा भारतसँग आइतबार र अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।

शीर्ष दुई टोलीले उपाधिका लागि शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालसँगै भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन्।

प्रकाशित मिति: ०७:४६ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्