Kathmandu Press

फिट भए ब्राजिलका सुपरस्टार नेयमार, रियल मड्रिडविरुद्व उत्रन तयार

काठमाडौं, मंसिर ५ः  ब्राजिलका सुपरस्टार नेयमारले आफु खेल्नका लागि पूर्ण रुपमा फिट भएको बताएका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ....

फिट भए ब्राजिलका सुपरस्टार नेयमार, रियल मड्रिडविरुद्व उत्रन तयार

काठमाडौं, मंसिर ५ः  ब्राजिलका सुपरस्टार नेयमारले आफु खेल्नका लागि पूर्ण रुपमा फिट भएको बताएका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार समेत रहेका नेयमारले अर्को हप्ता च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्व आफु मैदान उत्रन तयार रहेको बताएका हुन् । च्याम्पियन्स लिगमा रियलसँग खेल्नु अघि शुक्रबार नेइमारले लिग वानमा लिलेसँग खेल्ने विश्वास गरिएको छ ।

मड्रिडमा भेटिएका नेयमारले भनेका छन्, ‘मैले पुर्ण रुपमा निको भएको महशुश गरेको छु । र च्याम्पियन्स लिगमा रियल मड्रिड खेल्नेछु ।’

नेयमारसंग उनको भविष्यलाई लिएर समेत प्रश्न सोधिएपनि नेयमारले सो बिषयमा बोल्न अस्विकार गरिदिएका थिए ।

प्रकाशित मिति: ०८:०१ बजे, बिहीबार, मंसिर ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्