Kathmandu Press

इमर्जिङ टिम्स कपः नेपालले हङकङलाई ४० रनले हरायो

काठमाडौं, कात्तिक ३० : इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ। 

बंगलादेशमा शनिबार भएको आफ्नो दोस्रो खेलमा....

इमर्जिङ टिम्स कपः नेपालले हङकङलाई ४० रनले हरायो

काठमाडौं, कात्तिक ३० : इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ। 

बंगलादेशमा शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो। नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङ ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७७ रनमा समेटियो। 

उसका लागि  किन्चित शाह ५३, आरोन मोहम्मद अर्सदले २६ रन जोडे। यस्तै, हङकङका इशान नवाज ४४ रनमा अविजित रहँदा शाहिद वासिब र आन्सान आब्बासीले समान १०–१० रन जोडेका थिए।

नेपालका लागि अविनाश बोहोरा र करण केसीले तीन–तीन विकेट लिँदा सुसन भारीको नाममा दुई विकेट रहृयो।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१७ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि शरद भेष्वाकरले सर्वाधिक ८९ रनको योगदान दिए। यस्तै, आरिफ शेखले ४२, दीपेन्द्रसिंह ऐरीले ३७ तथा विनोद भण्डारीले १५ रनको योगदान दिए। कप्तान ज्ञानेन्द्र मल्ल र पवन शराफ सुन्य रनमा पभिलियन फर्किएका थिए। 

हङकङका एजाज खानले तीन तथा नस्रुल्लाह राना र इशान खान समान २–२ विकेट लिएका थिए। 
 

प्रकाशित मिति: १६:५१ बजे, शनिबार, कात्तिक ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्