Kathmandu Press

१३ औँ साग खेलकूद सफल पार्न सरकार कटिबद्ध : मन्त्री विश्वकर्मा

पोखरा, कात्तिक ३० : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको प्रतिष्ठासँग जोडिएको १३ औँ साग खेलकूद प्रतियोगिता भव्य र सभ्यरूपमा सफल ....

१३ औँ साग खेलकूद सफल पार्न सरकार कटिबद्ध : मन्त्री विश्वकर्मा
फाइल

पोखरा, कात्तिक ३० : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको प्रतिष्ठासँग जोडिएको १३ औँ साग खेलकूद प्रतियोगिता भव्य र सभ्यरूपमा सफल पार्न सरकार कटिबद्ध रहेको बताएका छन्। 

आगामी मङ्सिर १५ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको तयारीबारे प्रचार–प्रसार तथा प्रकाशन समितिले शनिबार पोखरामा गरेको पत्रकार भेटघाटमा उनले प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भइसकेको जानकारी दिए। 

चुनौतीका रूपमा रहेको भौतिक पूर्वाधार निर्माणसँगै सफलता प्राप्तिका लागि राष्ट्रिय टिम तयारीको काम अगाडि बढाइएको बताउँदै उनले खेलाडीलाई स्वदेश र विदेशमा समेत बन्द प्रशिक्षणमा सहभागिता गराइएको बताए। 

दशरथ रङ्गशाला, सातदोबाटोस्थित पौडीपोखरी, पोखरा रङ्गशालामा आवश्यक भौतिक पूर्वाधार निर्माणमा बजेटको कुनै पनि कमी हुन नदिएको बताउँदै मन्त्री विश्वकर्माले प्रतियोगितामा नेपाली खेलाडीले उच्च मनोवलका साथ खेल प्रदर्शन गर्ने वातावरण तयार गरिएका कारण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे। 

पहिलोपटक १९८४ मा साग खेलकूद प्रतियोगिताको आयोजना गरेर खेल क्षेत्रले गौरव गर्ने इतिहास रचेको नेपालले आठौं र अहिले १३ औं  संस्करण पुनः आयोजना गर्ने अवसर प्राप्त गरेको स्मरण गर्दै प्रतियोगितालाई सफल पार्न सम्पूर्ण देशवासीको सामूहिक दायित्व भएको बताए। 

यसअघि पोखरा रङ्गशालामा निर्माण भइरहेका भौतिक पूर्वाधारको स्थलगत निरीक्षण गरेका मन्त्री विश्वकर्माले फुटबल मैदानमा दुबो रोप्ने र प्यारापिट निर्माणमा तीव्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिएका थिए।  

सार्कअन्तर्गत पोखरा रङ्गशालामा महिला क्रिकेट, प्याराग्लाइडिङ, व्याडमिन्टन, महिला फुटबल, भारोत्तोलन, विट भलिबल, ह्याण्डबल, ट्रयाथोलन र आरचरीलगायतका नौवटा खेल सञ्चालन गरिने भएको छ। 

प्रकाशित मिति: १५:३० बजे, शनिबार, कात्तिक ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्