Kathmandu Press

महिला भलिबल खेलाडीलाई राखेपले जनही तीन लाख रुपैयाँ दिने

काठमाडौं, कात्तिक २९ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली महिला भलिबल टिमका सदस्यहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने भएको छ। 

महिला भलिबल खेलाडीलाई राखेपले जनही तीन लाख रुपैयाँ दिने

काठमाडौं, कात्तिक २९ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली महिला भलिबल टिमका सदस्यहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने भएको छ। 

बंगलादेशमा बिहीबार सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि उचालेको नेपाली टोलीलाई जनही तीन–तीन लाख रुपैयाँ  पुरस्कार दिने घोषणा राखेपले गरेको हो। 

राखेपका सदस्य सचिव रमेश सिलवालले राखेपले ऐतिहासिक उपाधि जितेको नेपाली टोलीलाई सम्मान स्वरुप पुरस्कार दिने निर्णय गरेको बताए।

नेपाली भलिबल टोलीले बिहीबार माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।

नेपाल समूह चरणमा आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको थियो। फाइनलमा पनि माल्दिभ्सलाई सोझो सेटमै पराजित गर्दैै नेपाल च्याम्पियन बन्न सफल भएको थियो।

सन् १९९९ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको नेपाली महिला भलिबल टोलीले २० वर्षपछि उपाधि उचालेको हो। तर, पुरुष टिम भने अहिलेसम्म उपाधिबिहिन छ।

प्रकाशित मिति: २०:०० बजे, शुक्रबार, कात्तिक २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्