Kathmandu Press

सन्दीपको पीएसएलमा अहिलेसम्मकै उच्च मूल्य, कम्तिमा एक करोड ७० लाख पाउने

काठमाडौं, कात्तिक २८ : चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन्। उनी अहिलेसम्मकै उच्च मूल्यमा ड्राफ्टम....

सन्दीपको पीएसएलमा अहिलेसम्मकै उच्च मूल्य, कम्तिमा एक करोड ७० लाख पाउने

काठमाडौं, कात्तिक २८ : चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन्। उनी अहिलेसम्मकै उच्च मूल्यमा ड्राफ्टमा परेका हुन्।

पीएसएलले बुधबार ‘प्लाटिनम’ समूहमा परेका विदेशी खेलाडीको सूचि सार्वजनिक गरेको छ। जसमा सन्दीपसहित २८ जना खेलाडी समावेश भएका छन्।

यो समूहमा परेका खेलाडीको न्यूनतम मूल्य एक लाख २७ हजार डलर अर्थात एक करोड ७० लाख रुपैयाँ रहेको छ। अक्सनमा मोल बढाबढ हुँदा अधिकतम दुई लाख १८ हजार डलर अर्थात दुई करोड ५१ लाख रुपैयाँसम्ममा खरिद गर्न सकिनेछ।

सन्दीप न्यूनतम मूल्यमा खरिद भएपनि एक करोड ७० लाख रुपैयाँ पाउनेछन्। यो उनको अहिलेसम्मको सबैभन्दा बढी रकम हो। यस अघि उनी ईग्ल्यान्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ प्रतियोगिताका लागि एक लाख डलर अर्थात एक करोड ४७ लाखमा अनुबन्धित भएका छन्।

सन्दीपले गत सिजनमा पनि पीएसएलमा खेलेका थिए। त्यसवेला उनी लाहोर कलन्दरमा आबद्ध थिए।

यस पटक प्लाटिनममा उनीसँगै डेल स्टेन, जेनस रोय, किरन पोलार्ड, हसिन अमला, क्रिस लेन, रसिद खान, ड्वारेन ब्राभो, मोइन अलि, सुनिल नारिने, जेपी डुमुनी, एन्जेलो म्याथ्यु र इम्रान तहिर ‘प्लाटिनम’ समूहमा छन्।

त्यस्तै, कलिन मुनरो, कार्लोस ब्रेथवेट, एलेक्स हल्स, अडिल रसिद, तिसरा परेरा, बेन कटिङ, ड्यान क्रिस्टियन, इभिन लेविस, रोली रस्सो, लिम प्लेंकेट, ह्यारी गर्नी, क्रिकस जोर्डन, मुजिफ उर रहमान र मोह्मद नवी पीएसएलको प्लाटिनम समूहमा रहेका छन्।

यस सिजनको पीएसएलमा लोहोर कलन्दर, इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, पेशावर जाल्मी, मुल्तान सुल्तान्स र क्वेटा ग्लाडियर्ट टीम प्रतिस्पर्धा गर्नेछन्।

यस पटक नेपाल किक्रेट संघले पनि पीएसएलमा सहभागीका लागि पाँच जना खेलाडीको नाम पठाएको छ। संघले आईसीसीमार्फत पासिकस्तान क्रिकेट बोर्डलाई पीएसएलको ड्राफ्टमा समावेशका लागि पाँच खेलाडीको नाम पठाएको हो।

संघले नाम पठाएका खेलाडी विनोद भण्डारी, करण केसी, पवन सर्राफ, ललितनारायण राजवंशी र मोहमद आरिफ शेख रहेका छन्।

प्रकाशित मिति: १०:५१ बजे, बिहीबार, कात्तिक २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्