Kathmandu Press

कञ्चनपुरमा सर्पदंशका बिरामी बढे, अर्जुनी ब्यारेक केन्द्रमा मात्रै दैनिक ५–१० सर्पदंशका बिरामी

काठमाडाैं, असार १८ : बर्खायाम लागेसँगै कञ्चनपुरमा सर्पदंशका बिरामी बढ्न थालेका छन्। शुक्लाफाँटा नगरपालिकास्थित अर्जुनी ब्यारेकको ‘सर्पदंश उपचार केन्द्र’मा यस वर्ष वैशाखदेखि यता...
कञ्चनपुरमा सर्पदंशका बिरामी बढे, अर्जुनी ब्यारेक केन्द्रमा मात्रै दैनिक ५–१० सर्पदंशका बिरामी

काठमाडाैं, असार १८ : बर्खायाम लागेसँगै कञ्चनपुरमा सर्पदंशका बिरामी बढ्न थालेका छन्। शुक्लाफाँटा नगरपालिकास्थित अर्जुनी ब्यारेकको ‘सर्पदंश उपचार केन्द्र’मा यस वर्ष वैशाखदेखि यता ४० सर्पदंशका बिरामीले उपचार गराइसकेका छन्। केन्द्रका प्राविधिक सहायक हवल्दार श्यामराज अवस्थीका अनुसार, यसपालिको बर्खा सुरु भएसँगै पछिल्ला दिन दैनिक पाँचदेखि १० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्।

२०७७ मा एक सय ८७ र २०७८ मा एक सय ५४ सर्पदंशका बिरामी उपचारका लागि आएको केन्द्रको तथ्यांक छ। कञ्चनपुरमा एक मात्र सर्पदंश उपचार केन्द्र यही हो। नेपाली सेनाको सहयोगमा २०७१ सालमा स्थापित यस केन्द्रमा निःशुल्क उपचार हुने गर्छ। त्यसैले कञ्चनपुरका अधिकांश सर्पदंशका बिरामी यहाँ आउने गरेको हवल्दार अवस्थी बताउँछन्।

उनका अनुसार, गोमन सर्पले टोकेको एक वा आधा घन्टाभित्र मानिसको शरीरमा विष फैलने गर्छ। केन्द्रमा बढीजसो करेन्ट सर्पले टोकेका बिरामी आएको उनी बताउँछन्। ‘करेन्ट सर्प लाटो हुन्छ, यसले टोक्दा शरीरमा विष ढिलो फैलन्छ,’ उनी भन्छन्, ‘करेन्ट सर्पले टोकेको २० घन्टापछि पनि हामीले उपचार गरी निको पारेका छौँ।’

Hardik ivf

यद्यपि सर्पले टोक्दा हेलचेक्र्याइँ नगरी छिटो उपचारका लागि जानुपर्ने उनी बताउँछन्। यस केन्द्रमा सर्पदंशका बिरामीसँगै बिच्छी र अन्य विषालु कीराको टोकाइबाट पीडित बिरामीको पनि उपचार हुँदै आएको छ।  
    
सर्पदंशको उपचारमा अक्सिजन र केही औषधि आवश्यक पर्ने अवस्थी बताउँछन्। उपचारमा आवश्यक औषधि लगायत सामग्रीमा शुक्लाफाँटा नगरपालिकाले सहयोग गर्दै आएको छ। ‘आवश्यक सामग्रीका लागि हामीले नगरपालिकामा पहल गरिरहेका हुन्छौँ,’ अवस्थी भन्छन्, ‘अहिलेसम्म औषधिको अभावमा बिरामी फर्काउनुपरेको छैन।’      

आवश्यक परे बिरामीलाई कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा रिफर गरिने उनले बताए।

कञ्चनपुर प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे सर्पदंशका बिरामीको पूर्ण उपचार महाकाली प्रादेशिक अस्पतालमा हुने बताउँछन्। ‘सर्पदंशका गम्भीर बिरामीलाई आइसियुमा राख्नुपर्ने हुन्छ, त्यसका लागि महाकाली प्रादेशिक अस्पतालका सबै व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘समयमै बिरामीलाई अस्पतालमा पु¥याउन सके मानवीय क्षति कम हुन सक्छ।’

प्रादेशिक अस्पतालमा दैनिक ६–७ सर्पदंशका बिरामी  

कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा पछिल्लो समय दैनिक ६–७ सर्पदंशका बिरामी आउने गरेका छन्। अस्पतालका डा. अर्जुन भट्टका अनुसार, विगत दुई वर्षदेखि यहाँ गम्भीर अवस्थाका सर्पदंशका बिरामीलाई आइसियुमा राखेर उपचार गरिँदै आइएको छ।

अस्तालका अनुसार, यस अस्पतालमा आर्थिक वर्ष ०७७÷७८ मा ३४ सर्पदंशका बिरामीले उपचार गराएका थिए। ‘यो वर्ष मात्रै ६० सर्पदंशका बिरामी उपचारका लागि आएका छन्,’ डा. भट्टले भने, ‘अहिले एकजना बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।’  

 

प्रकाशित मिति: ११:०३ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्