Kathmandu Press

गौतमसहित पाँच पत्रकारलाई ‘रोटरी जर्नो अवार्ड’

 काठमाडौं, असार १४  : रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२३२ नेपाल–भुटानले विभिन्न विधामा कलम चलाउने पत्रकारलाई सम्मान गरेको छ।मंगलबार लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आयोजिक एक कार्यक्रमबीच...
गौतमसहित पाँच पत्रकारलाई ‘रोटरी जर्नो अवार्ड’

काठमाडौं, असार १४  : रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२३२ नेपाल–भुटानले विभिन्न विधामा कलम चलाउने पत्रकारलाई सम्मान गरेको छ।

मंगलबार लाजिम्पाटस्थित होटल र्‍याडिसनमा आयोजिक एक कार्यक्रमबीच रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२३२ नेपाल–भुटानले पाँच पत्रकारलाई ‘रोटरी जर्नाे अवार्ड–२०२२’ प्रदान गरेको छ। 

Hardik ivf

अवार्ड पाउनेमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष तथा नेपाल पूर्वाधार डटकमका सम्पादक भीम गौतम, हिमालय टेलिभिजनकी सिर्जना बराल, सेतोपाटी डटकमका चितवन संवाददाता राजेश घिमिरे, सञ्चारिका समूहको गण्डकी प्रदेश अध्यक्ष कविता श्रेष्ठ र शिक्षालय मासिकका बालमुकुन्द आचार्य छन्। 

गौतमले आर्थिक, बरालले स्वास्थ्य, घिमिरेले वातावरण, श्रेष्ठले महिला विकास र आचार्यले शिक्षातर्फ ‘रोटरी जर्नाे अवार्ड–२०२२’ प्राप्त गरेका हुन्। उनीहरुलाई अवार्डसहित ३० हजार ५ सय नगद पनि प्रदान गरिएको थियो।

यस्तै, सोही अवसरमा वरिष्ठ पत्रकार कृष्णा ताम्राकारलाई सम्मान गरिएको थियो । ६ दशकदेखि रेडियो नेपालमा समचारवाचिकाका रुपमा कार्यरत ताम्राकारलाई पर्सनालिटी पावर अफ दि मिडिया सम्मानबाट सम्मान गरिएको हो। उनलाई ४० हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको थियो।

यस्तै, रोटरी क्लब नेपालले गरेका सामाजिक कार्यको नियमित रिर्पोटिङ गर्ने पत्रकार शंकर खलेललाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा डिस्ट्रिक्ट जनरल सन्तोष रिजालले पत्रकारिताले पनि देश र समाजमा योगदान गर्ने हुँदा आगामी दिनमा सञ्चार जगतसँग सहकार्य गरेर जान सकिने बताए।

यस्तै, सम्मानित भएका पत्रकार गौतमले अवार्डले पत्रकारितामा काम गर्न प्रोत्साहन मिल्नुका साथै थप जिम्मेवारीको अनुभुति भएको उल्लेख गरे। यस्तै, वरिष्ठ पत्रकार एवं रेडियोकर्मी ताम्राकारले लामो समयसम्म रेडियो पत्रकारितामा पु¥याएको योगदानको कदर गरेको भन्दै आभार व्यक्ति गरिन्।

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, असार १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्