Kathmandu Press

राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौं, कात्तिक २५ : बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली ....

राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान
फाइल फोटो

काठमाडौं, कात्तिक २५ : बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छ।

कात्तिक २८ देखि मंसिर ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले बताए। यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मङ्गलबारका लागि टिकट काटे पनि अन्तिम समयमा रद्द भएपछि तीन चरणमा टोली पठाउन लागिएको अध्यक्ष चन्दले बताए। ‘अन्य खेलाडी मङ्गलबार र बुधबार बङ्गलादेश जाने छन्,’ उनले भने।

बङ्गलादेश प्रथान गर्नेमा विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, करण केसी र एनालिष्ट रमन शिवाकोटी छन्।

मङ्गलबार प्रशिक्षक उमेश पटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सहायक प्रशिक्षक दीपेन्द्रप्रताप सिंह र फिजियो विक्रम न्यौपाने तथा बुधबार कुशल भुर्तेल, सन्दीप जोरा, सुशन भारी, अविनाश बोहोरा, रोहितकुमार पौडेल र व्यवस्थापक प्रशान्तविक्रम जानेछन्।

प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, ओमान र हङकङ सहभागी छन्। नेपाल समूह ‘बी’मा छ। जसमा भारत, बङ्गलादेश र हङकङ छन् भने समूह ‘ए’ मा ओमान, पाकिस्तान श्रीलङ्का र अफगानिस्तान छन्।

नेपालले पहिलो खेल कात्तिक २८ गते भारतसँग खेल्नेछ। नेपालले कात्तिक ३० गते हङकङसँग तथा मंसिरर २ गते बङ्गलादेशसँग खेल्नेछ।

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, कात्तिक २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्