Kathmandu Press

१४ तस्बिरमा हेर्नुस् एन्फाको साधारण सभा 

एन्फा अध्यक्षका लागि कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र फ्रेन्डस क्लबका अध्यक्ष राजीव पौडेल चुनावी मैदानमा छन्।
१४ तस्बिरमा हेर्नुस् एन्फाको साधारण सभा 

काठमाडौं, असार ६ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ नेतृत्व पाउँदैछ। नयाँ नेतृत्वका लागि सोमबारदेखि साधारण सभा सुरु भएको छ।

बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा खेलकुद मन्त्री महेश्वर गहतराजले साधारण सभाको उद्घाटन गरे। उद्घाटनमा बोल्दै मन्त्री गहतराजले खेलकुदलाई पनि पर्यटनसँग जोड्ने बेला आएको बताए। उनले फुटबल तर्फका पूर्वाधारहरु निर्माणमा सरकारले विशेष महत्व दिएको प्रष्ट पार्दै खेलकुदमा लगानी गर्नका लागि सरकार सधैं प्रयत्नशील रहने बताए।

Hardik ivf

उनले सिंहदरबारबाट खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तनका लागि आफू लागि परेको बताए। जसको नीति उसकै नेतृत्वलाई जोड दिँदै मन्त्री गहतराजले साधारणसभाबाट उपयुक्त नेतृत्व चुनिने विश्वास व्यक्त गरे।

आज हुने चुनावले २१ सदस्यीय कार्यसमिति चयन गर्ने छ। अध्यक्षमा तीन जना प्रत्यासी रहेका छन्। 

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र फ्रेन्डस क्लबका अध्यक्ष राजीव पौडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन्।  

 

 

 

प्रकाशित मिति: १६:४७ बजे, सोमबार, असार ६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्