Kathmandu Press

पीएसएलका लागि क्यानले पठायो पाँच खेलाडीको नाम

काठमाडाैं, कात्तिक २२ : पाकिस्तान सुपर लिग (पीएसएल)का लागि नेपाल क्रिकेट संघ (क्यान)ले पाँच खेलाडीको नाम पठाएको छ।

क्यानले अन्तर्राष्ट्रिय क....

पीएसएलका लागि क्यानले पठायो पाँच खेलाडीको नाम

काठमाडाैं, कात्तिक २२ : पाकिस्तान सुपर लिग (पीएसएल)का लागि नेपाल क्रिकेट संघ (क्यान)ले पाँच खेलाडीको नाम पठाएको छ।

क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)मार्फत पाँच खेलाडीका नाम पठाएको हो। क्यानले पीएसएलको ड्राफ्टमा मनोनयनका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)लाई नेपाली खेलाडीको सिफारिस गर्न आईसीसीलाई आग्रह गरेको हो।

क्यानले पीएसएलका लागि पठाएका पाँच खेलाडीमा विनोद भण्डारी, करण केसी, पवन सर्राफ, ललितनारायण राजबंशी र मोहम्मद आरिफ सेख रहेका छन्।

पीएसएलेको पाँच संस्करण आगामी फेब्रुअरी २० देखि मार्च २२ सम्म पाकिस्तानमा हुँदै छ। गत संस्करणमा नेपाली खेलाडी सन्दीप लामिछानेले खेलेका थिए। उनी लाहोर कलन्दर्सबाट पीएसएलमा सहभागी भएका थिए।

प्रकाशित मिति: ११:३३ बजे, शुक्रबार, कात्तिक २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्