मिस नेपालको फिनाले आज, ६ डाक्टर पनि प्रतिस्पर्धामा
काठमाडाैं, असार ४ : ‘मिस नेपाल–२०२२’ को फिनाले शनिबार आयोजना हुँदै छ। आयोजक द हिडन ट्रेजरका अनुसार २४ प्रतिस्पर्धीबीच हुने ग्रान्ड फिनाले आज...
काठमाडाैं, असार ४ : ‘मिस नेपाल–२०२२’ को फिनाले शनिबार आयोजना हुँदै छ। आयोजक द हिडन ट्रेजरका अनुसार २४ प्रतिस्पर्धीबीच हुने ग्रान्ड फिनाले आज राति ललितपुरमा हुनेछ।
मिस नेपाल २ वर्ष पछि आयोजना हुन लागेको हो । यसअघि दुई वर्ष कोरोना महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन्।
आज हुने फिनालेमा चार जना सुुन्दरी डाक्टर पनि प्रतिस्पर्धामा छन्। जसमा डा. दिलाशा डोटेल, डा. आयुष्नोभा ढुंगाना, डा. मेरिका बास्तोला, डा. सरिशा श्रेष्ठ, डा. यशस्वी श्रेष्ठ र डा. गंगा गुरुङ छन् ।
यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् । मुख्य तीन टाइटलबाहेक बाँकी ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा गरिने छ।
फिनालेमा ११ जना निर्णायक रहनेछन्। झन्डै ८ सय सुन्दरीबाट अडिसन हुँदै अन्तिम २४ जना ग्रान्ड फिनालेका लागि छनोट भएका हुन्।
यी हुन् फिनालेका २४ प्रतिस्पर्धी
आकृति शाह, ऐश्वर्या शाही ठकुरी, डा.दिलाशा डोटेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, ह्रतुल पौडेल, आयुष्नोभा ढुंगाना, डा.मेरिका बास्तोला, आस्रुती सुवेदी, अनुष्का पौडेल, ममता ढकाल, मानसी चन्द, डा.सरिशा श्रेष्ठ, न्यान्सी खड्का, प्रियंका रानी जोशी, डा. यशस्वी श्रेष्ठ, रोज कँडेल, स्मारिका शर्मा, साफिया श्रेष्ठ, डा.गंगा गुरुङ, श्रृया गजुरेल, श्रीयान्सु पिया र सुस्मिता बोगटी।












