Kathmandu Press

सुनको मूल्य २ लाख ६० हजारमा झर्‍यो

तोलामा ६ हजार ३ सय रुपैयाँ घटेर सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा पुगेकाे छ।
सुनको मूल्य २ लाख ६० हजारमा झर्‍यो

काठमाडौं, मंसिर २ : तिहारपछि सुनको मूल्य घट्ने क्रम जारी छ। बुधबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेको छ।

यो सँगै बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम गरेको छ।

तिहारयता सुनको मूल्य २३ हजार ४ सय रुपैयाँ घटिसकेको छ। तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ११० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३८० रुपैयाँमा झरेको छ।

प्रकाशित मिति: १२:१५ बजे, बुधबार, मंसिर २, २०८३