काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्छौं : मन्त्री लम्साल
‘अब कुनै पनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार छैन।’
काठमाडौं, मंसिर २ : पूर्वाधार विकासमन्त्री सुनील लम्सालले निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने बताएका छन्।
बुधबार काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा बोल्दै उनले संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने कम्पनीको ठेक्का रद्द गर्ने बताएका हुन्।
उनले फास्ट ट्रयाक निर्माणका क्रममा केही कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको उल्लेख गरे। उनले भने ‘अब कुनै पनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार छैन।’
प्याकेज नम्बर ९ ए, ९बी, ८बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक नभएको बताउँदै पटक–पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन तथा पत्राचार गर्दा पनि प्रतिबद्धताअनुसार काम गर्न नसकेको बताए।
प्रकाशित मिति: १२:२४ बजे, बुधबार, मंसिर २, २०८३
थप समाचार






