Kathmandu Press

प्रतिमा र सुरेनले ल्याए ‘राधा प्यारी’

काठमाडौं, असार ३ : गायिका प्रतिमा केसी र गायक सुरेन चन्दले नयाँ गीत राधा प्यारी बजारमा ल्याएका छन्।राधा प्यारीमा शब्द/संगीत सिएल शर्माले दिएका...
प्रतिमा र सुरेनले ल्याए ‘राधा प्यारी’

काठमाडौं, असार ३ : गायिका प्रतिमा केसी र गायक सुरेन चन्दले नयाँ गीत राधा प्यारी बजारमा ल्याएका छन्।

राधा प्यारीमा शब्द/संगीत सिएल शर्माले दिएका छन् भने प्रतिमा र सुरेनलाई कोरसमा सिएल शर्मा, सनी विश्वकर्मा, राकेश ओली, स्मृति शाही र पुष्पा बोहराले साथ दिएका छन्। विश्व अधिकारीले एरेन्ज गरेको गीतको मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन्।

Hardik ivf

गीतको भिडियोमा गरिमा शर्मा र प्रिन्च चौहानले फिचरिङ गरेका छन्। रोमान्टिक थिममा रहेको गीतको म्युजिक भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोमा प्रकाश खड्काको खिचेको भिडियो मिलन विश्वकर्माको सम्पादन गरेका हुन्। भिडियो इनाक्छी इन्टरटेनमेन्टको युट्युब च्यालनमार्फतर बजारमा आएको हो।

प्रकाशित मिति: १९:२० बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्