Kathmandu Press

‘ठेकीको मदानी’ गीत सार्वजनिक

काठमाडाैं, जेठ ३ : गायक गोविन्द अर्यालको ‘ठेकीको मदानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।उक्त गीतको आज ‘क्लासिक फ्रेम मुभिज’को आधिकारी युट्युब...
‘ठेकीको मदानी’ गीत सार्वजनिक

काठमाडाैं, जेठ ३ : गायक गोविन्द अर्यालको ‘ठेकीको मदानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

उक्त गीतको आज ‘क्लासिक फ्रेम मुभिज’को आधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। उक्त गीतको गायिका मेलिना मैनाली तथा मोडल सुधीर श्रेष्ठ र सुपा खनाल रहेका छन्।

‘ठेकीको मदानी’ बोलको गीतमा साजन पराजुलीले शब्द दिनुका साथै नारायण दङ्गालले सङ्गीत संयोजन गरेका छन्।

उक्त गीतको भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको समेत अभिनय रहेको छ। सुरेश पाण्डेले कोरियोग्राफी गरेकाे उक्त भिडियोलाई महफुज अन्सारीले छायांकन गरेका हुन्।

सो गीतको भिडियो सुवास देवकोटाले सम्पादन गरेका हुन्। मोहन घिमिरे निर्माता रहनुभएको उक्त भिडियो सुधन धितालको निर्देशनमा तयार पारिएको बताइएको छ। 

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्