फ्राईडे रिलिज : देशभरका हलमा ‘चिसो मान्छे’
काठमाडौं, असार ३ : नेपाली फिल्म ‘चिसो मान्छे’ आजबाट रिलिज भएको छ ।दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण...
काठमाडौं, असार ३ : नेपाली फिल्म ‘चिसो मान्छे’ आजबाट रिलिज भएको छ ।
दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा रहेका छन् ।
यो चलचित्रमा स्वस्तिमा सुदूरपश्चिमेली महिलाको भूमिकामा रहेकी छिन् । फिल्ममा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट बाजुरासम्म पुर्याउँदाको कथा समेटिएको छ।
प्रकाशित मिति: ०७:३२ बजे, शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












