Kathmandu Press

कामठाडौंको मेयरमा उठ्ने सुमना श्रेष्ठको घोषणा

आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनले बताइएकी छिन्।
कामठाडौंको मेयरमा उठ्ने सुमना श्रेष्ठको घोषणा

काठमाडौं, मंसिर २ : रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहीन बनेकी पूर्वमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। 

बुधबार उनले सामाजिक सञ्जालमार्फत आफू मेयरमा उठ्ने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन्। 

उनले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् वा स्वतन्त्र भन्ने खुलाएकी छैनिन्।

गत ४ वैशाखमा उनले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। 

आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनले बताइएकी छिन्। उनी पूर्वशिक्षामन्त्री हुन्।

प्रकाशित मिति: १२:५१ बजे, बुधबार, मंसिर २, २०८३