Kathmandu Press

खगेन्द्र लामिछानेको ‘पानीफोटो’को टिजर रिलिज

काठमाडौं, असार २ : केही समय अघि मात्र मोसन पोस्टर रिलिज भएको चलचित्र पानीफोटोको टिजर रिलिज भएको छ।करिब एक मिनेट ३२ सेकेन्डको टिजरमा...
खगेन्द्र लामिछानेको ‘पानीफोटो’को टिजर रिलिज

काठमाडौं, असार २ : केही समय अघि मात्र मोसन पोस्टर रिलिज भएको चलचित्र पानीफोटोको टिजर रिलिज भएको छ।

करिब एक मिनेट ३२ सेकेन्डको टिजरमा बेपत्ता भएको छोरोको खोजीमा आमाबाबु (मेनुका प्रधान र अनुप बराल) देखिएका छन्।

Hardik ivf

टिजरमा चलचित्रका निर्देशक तथा लेखक  खगेन्द्र लामिछाने, देशभक्त खनाल र मलिका महतलाई पनि देख्न पाइन्छ। 

चलचित्रका निर्माता रोजिना सिटौला र रविन्द्र बज्राचार्य हुन्। चलचित्र यही साउन १३ गते देशभर रिलिज हुँदैछ।

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, असार २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्