Kathmandu Press

भारतीय महिला तबला बादक डा. खुश्बुको सोलो प्रस्तुति

भारतीय महिला तबला बादक डा. खुश्बुको सोलो प्रस्तुति

काठमाडौं, असार १ : किरातेश्वर संगीत आश्रमको आयोजनामा भारतीय महिला तबला बादक डा. खुश्बुको तबलामा सोलो सांगितीक प्रस्तुति सम्पन्न भएको छ ।

विगत दुई दशकभन्दा  लामो समयदेखि  पूर्णिमाको दिन आश्रमले आयोजना गर्दै आएको यस सांगितीक कार्यक्रममा यस पटक डा. खुश्बुले प्रस्तुति दिएकी हुन् । कार्यक्रममा हार्मोनियममा लहरा बजाएर उनलाई उनका पीता एवं गुरु मदनमोहन लालले साथ दिएका थिए । करिव एक घण्टाको उक्त सांगितीक प्रस्तुतिले किरातेश्वर क्षेत्रको वाताबरणलाई नै संगीतमय बनाइदिएको थियो ।

Hardik ivf

शास्त्रीय संगीतको सम्बद्र्धन र प्रवद्र्धनको उदेश्यले पूर्णिमामा आयोजना हुँदै आएको सांगितीक कार्यक्रममा किरातेश्वरले स्वदेशी तथा विदेशी कलाकारको प्रस्तुति दिने गरेको संगीत आश्रमकी सहसचिव एवं नेपालको पहिलो महिला सरोद बादक रुपा न्यौपानेले बताइन् । सरोदबादक न्यौपानेले संचालन गरेकी उक्त सांगितीक कार्यक्रममा सितारबादक डा. ध्रुवेशचन्द्र रेग्मीले पनि आफ्नो प्रस्तुति दिए ।

डा. रेग्मीलाई तबलामा मनोज गौतमले साथ दिएका थिए । कार्यक्रममा भारतीय तबलाबादक डा.  खुश्बुको सोलो तबलाबादनको नेपालका चर्चित तबलाबादकहरु अच्युतराम भण्डारी, सरिता मिश्र, बैंकटेश ढकाल, तिर्थराज पोखरेल, सितारबादक प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीलगायतले प्रशंसा गरे ।

तबलामा विद्यावारिधी एवं संगीत प्रविण गरेकी डा. खुश्बु भारतको कानपुरस्थित जुहारी देवी गल्र्स पी जी कलेजमा उप–प्राध्यापकको रुपमा कार्यरत छिन् । थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानले सम्मानित यी कलाकारले धेरै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका सांगितीक कार्यक्रममा सहभागिता जनाइसकेकी छन् ।

प्रकाशित मिति: १९:४३ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्