नेपालको १४ वर्षपछि प्रथम श्रेणीमा पुनरागमन
काठमाडाैं, कात्तिक २० : नेपालले चौध वर्षपछि प्रथम श्रेणी क्रिकेटमा पुनरागमन गरेको छ। बुधबार इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग पहिलो खेल....

काठमाडाैं, कात्तिक २० : नेपालले चौध वर्षपछि प्रथम श्रेणी क्रिकेटमा पुनरागमन गरेको छ। बुधबार इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग पहिलो खेल खेल्दै पुनारागमन गरेको हो।
आजको खेलमा एमसीसीले टस जितेर ब्याटिङ रोजेको छ। तीन दिवसीय खेलको पहिलो दिन एमसीसीले तीन विकेट गुमाएर १५१ रन बनाएको छ। एमसीसीका लागि विल रोड्सले ७३, टोम वेस्टलीले ३९ र विली गोडलम्यानले १० रन बनाएका छन्।
नेपालका लागि सोमपाल कार्मीले दुई र शरद भेषवाकरले एक विकेट लिएका छन्।
प्रथम श्रेणी क्रिकेटमा नेपालका नाै खेलाडीले ‘डेब्यू’ गरेका हुन्। शरद भेषवाकर र सोमपालले मात्रै यस अघि प्रथम श्रेणी खेलेका थिए।
आजको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, आरिफ शेख, विनोद भण्डारी, पवन सर्राफ, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र करण केसीले ‘डेब्यू’ गरेका हुन्।
नेपालले पछिल्लाे पटक सन् २००५ मा प्रमथ श्रेणी क्रिकेट खेलेकाे थियाे। नेपालले पहिलाे पटक सन् २००४ मा प्रथम श्रेणी क्रिकेट खेलेकाे हाे। नेपालकाे याे प्रमथ श्रेणीकाे पाँचाैं खेल हाे।











