Kathmandu Press

‘कहाँ के भइरहेको छ, कुन वडामा के आवश्यक छ भनी बुझ्न फिल्ड भिजिट गरिरहेका छौँ’ 

अघिल्लो स्थानीय तहको निर्वाचनमा उनलाई पार्टीले सुनवल नगरपालिकाकै नगरप्रमुख पदका लागि टिकट दिएको थियो। त्यतिबेला उनी थोरै मतले पराजित भइन्। पार्टीले उनलाई यसपालि पुनः प्रमुखको टिकट दियो।
‘कहाँ के भइरहेको छ, कुन वडामा के आवश्यक छ भनी बुझ्न फिल्ड भिजिट गरिरहेका छौँ’ 

काठमाडौं, असार १ : यसपालि स्थानीय तहको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ। प्रमुखमा विमला अर्याल र उपप्रमुखमा सूर्यप्रसाद दुबे निर्वाचित भएका छन्।

प्रमुख अर्यालको जन्म स्याङ्जाको साबिकको मालुङ्गा– ३ मा भएको हो। नेकपा एमाले पार्टीप्रति आस्था राख्ने उनका बुवा पञ्चायती व्यवस्थाविरुद्ध लागेका थिए। विमलाले २०४२ सालतिर स्याङ्जाकै गंगालाल माविमा पढ्दै गर्दा उनका बुवा त्यही विद्यालयको व्यवस्थापक समिति अध्यक्ष थिए। विमलाले विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन्थिन्, समाजका असमानतालाई लिएर आफैँले लेखेका गीत प्रस्तुत गर्थिन्। 

विमलाको विवाह २१ वर्षको उमेरमा सुनवल नगरपालिकाका पदमराज अर्यालसँग भयो। ‘हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भनेझैँ हरेक सफलतामा मलाई श्रीमान्को साथ र सहयोग मिलेको छ,’ ५३ वर्षीया विमला भन्छिन्, ‘घरबाहिर निस्केर राजनीति गर्र्न जुन अवसर परिवारले मलाई प्रदान ग¥यो, त्यसले मलाई बाहिरी वातावरणमा काम गर्ने हिम्मत र आत्मबल मिल्यो।’

Hardik ivf

आफू राजनीतिमा लाग्नुको श्रेय उनले पितालाई दिन्छिन्। ०४८ सालतिर अनेरास्ववियुको सदस्यता लिएर उनी औपचारिक रूपमा राजनीतिमा लागेकी हुन्। त्यसपछि विभिन्न स्थानीय संघसंस्थामा सक्रिय रहिन्। ‘२०५० सालमा नेकपा एमाले पार्टीको सदस्यता लिएँ,’ आइएसम्मको अध्ययन गरेकी विमला भन्छिन्, ‘मेरो बुवा भन्नुहुन्थ्यो– हामीले समाज रूपान्तरण गर्नुपर्छ, गरिब वर्गले मुक्ति पाउनुपर्छ, न्याय पाउनुपर्छ। बुवाको यही विचारबाट प्रेरित भएरै म राजनीतिमा आएकी हुँ।’ 

०६२ सालतिर छोराछोरीलाई पढाउनका लागि उनी काठमाडौं आएकी थिइन्, त्यतिबेला उनले दुई वर्ष काठमाडौंमा कस्मेटिक पसल चलाइन्। ‘०६४ सालतिर पार्टीका नेताले आग्रह गर्नुभयो– तपाईं जिल्ला फर्कनुप¥यो, जिल्लामा तपाईंको अभाव खड्कियो,’ नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेकी अर्याल भन्छिन्, ‘त्यसपछि घर फर्केर पुनः राजनीतिमा सक्रिय रहँदै आएँ।’

अघिल्लो स्थानीय तहको निर्वाचनमा उनलाई पार्टीले सुनवल नगरपालिकाकै नगरप्रमुख पदका लागि टिकट दिएको थियो। त्यतिबेला उनी थोरै मतले पराजित भइन्। पार्टीले उनलाई यसपालि पुनः प्रमुखको टिकट दियो।

यसपालि आफूले टिकट पाउँदा तल्लो तहबाट विरोध भए पनि माथिल्लो तहबाट कुनै समस्या नभएको उनी बताउँछिन्। ‘मेरो राजनीतिक पृष्ठभूमि, पार्टीप्रतिको मेरो योगदान र मप्रतिको जनताको भावनालाई बुझेर केन्द्रीय कमिटीबाट टिकट मलाई नै दिनुपर्ने निर्णय भयो,’ उनी भन्छिन्, ‘जिल्लामा भने केही व्यक्तिले आपत्ति जनाउनुभएको थियो। सिंगो नगरले नै महिला नेतृत्व आवश्यक छ भन्ने महसुुस गरेको मलाई बोध भएको थियो।’ 

पूर्वाधार

प्रमुख अर्यालका अनुसार, नगरपालिकाभित्र सबैभन्दा बढी विद्युत्, भौतिक पूर्वाधार, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा समस्या छ। सडकमा खाल्डाखुल्डी छन्। गरिब वर्गलाई झुपडीमुक्त गर्न अझै सकिएको छैन। ‘अहिले कहाँको अवस्था कस्तो छ ? कहाँ के भइरहेको छ, कुन वडामा के कुराको आवश्यकता बढी छ, त्यसकोे जानकारी लिनका लागि फिल्ड भिजिट गरिरहेका छौँ,’ उनी भन्छिन्, ‘नगरपालिकाका समस्या समाधान गर्न सबैभन्दा पहिला स्थानीय स्रोतसाधनकै परिचालन गर्छौं।’ 

सबैभन्दा पहिले वडा कार्यालयकै सेवालाई चुस्तदुरुस्त बनाउन आवश्यक रहेको बोध उनलाई छ। सेवाग्राहीले नगरपालिकामा पेस गर्ने आवश्यक कागजातको फोटोकपी गर्न टाढाटाढा पुग्नुपर्छ। ‘त्यसैले सबै वडामा फोटोकपी मेसिन उपलब्ध गराएर सेवाग्राहीलाई सम्बन्धित कामका लागि निःशुल्क फोटोकपीको व्यवस्था गर्ने निर्णय गरेका छौँ,’ उनी भन्छिन्, ‘निवेदनमा एकरूपता ल्याउन एकै प्रकारको निवेदनको फर्माट नगरले सबै वडामा उपलब्ध गराउनेछ। नागरिक हेल्पडेस्क राख्नेछौँ। कार्यालय पुगिसकेपछि अब सेवाग्राही कतै फाइल बोकेर कुद्नुपर्दैन। कर्मचारीले जनताको सबै काम सकेर सेवाग्राहीको हातमा पु¥याउने बनाउनेछौँ। 

नगरपालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि समस्या छन्। १५ शड्ढयाको अस्पताल बनाउने योजना नगरपालिकाको रहेको उनी बताउँछिन्। ‘जसमा ल्याब र एक्स–रे सेवाको व्यवस्था गरिनेछ,’ उनी भन्छिन्, ‘त्यस्तै, नगरपालिकाभित्रै मिर्गौलाका बिरामीका लागि डायलासिस सेवा सेन्टर स्थापना गर्ने सम्बन्धमा छलफल गरिरहेका छौँ।’ 

शिक्षाको स्तर उकास्न सर्वप्रथम विद्यालयमा भौतिक संरचना वृद्धि गर्ने, शैक्षिक अन्तक्र्रियात्मक कार्यक्रम गरी शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्नेतर्फ पहल गर्ने, कक्षा ८ सम्म पूर्ण रूपमा निःशुल्क बनाउने योजना उनको छ। ‘सामुदायिक विद्यालयमा पनि यहाँका गरिब परिवारका विद्यार्थीले कुनै न कुनै रूपमा शुल्क तिरिरहनुपरेको छ,’ उनी भन्छिन्, ‘त्यसकारण त्यस्ता विद्यार्थीलाई आन्तरिक स्रोतबाट निःशुल्क पढ्न पाउने व्यवस्था मिलाउनेछौँ।’ 

कृषि र महिला

प्रमुख अर्यालका अनुसार, यस नगरपालिकाको प्रमुख कृषि उत्पादनमा धान, गहुँ र मकै पर्छ। त्यस्तै, विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी पनि यहाँ उत्पादन हुँदै आएको छ। आगामी दिनमा माटोको प्रकृति अनुसार पकेट क्षेत्र विस्तार गर्ने उनको योजना छ। 

त्यस्तै, यहाँका महिलालाई आत्मनिर्भर बनाउन उत्पादनसँग जोड्नुपर्नेछ। ‘कृषिको प्रवद्र्धनका लागि सर्वप्रथम माटो परीक्षण गर्नेछौँ,’ उनी भन्छिन्, ‘पालिकाभित्र महिलाको अवस्था नाजुक छ। उनीहरूलाई आत्मनिर्र्भर बनाउन विभिन्न व्यावसायिक तालिम दिनेछौँ। क्षमतामा अभिवृद्धि गरी महिलालाई उत्पादनसँग जोड्न सकियो भने मात्रै महिला हिंसा अन्त्य गर्न सकिनेछ। हिंसापीडित महिलाको व्यवस्थापनका लागि सेफ हाउस निर्माण गर्ने योजना छ।’ 
 

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्