Kathmandu Press

आईसीसीले हटायो क्यानमाथिको  ‘कन्ट्रोल फन्डिङ’ 

क्यानले मंगलबार एक विज्ञप्तिमार्फत आर्थिक पारदर्शितामा गरेको कार्यसम्पादनको मूल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रूपमा हटाएको जनाएको हो ।
आईसीसीले हटायो क्यानमाथिको  ‘कन्ट्रोल फन्डिङ’ 

काठमाडौं, जेठ ३१ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ ।

क्यानले मंगलबार एक विज्ञप्तिमार्फत आर्थिक पारदर्शितामा गरेको कार्यसम्पादनको मूल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रूपमा हटाएको जनाएको हो ।

‘कन्ट्रोल फन्डिङ’ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने पनि क्यानले स्पष्ट पारेको छ ।

०७६ साल असोज ११ र १२ गतेको विशेष साधारणसभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानमाथिको निलम्बन फुकुवा गरेको भएपनि  ‘कन्ट्रोल फन्डिङ’ फुकुवा भएको थिएन ।

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्