Kathmandu Press

आईसीसी लिग-२ मा ओमनसँग भिड्दै नेपाल

काठमाडौं, जेठ ३१ : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले ओमनसँग प्रतिस्पर्धा गर्ने भएको छ।अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले तेस्रो...
आईसीसी लिग-२ मा ओमनसँग भिड्दै नेपाल

काठमाडौं, जेठ ३१ : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले ओमनसँग प्रतिस्पर्धा गर्ने भएको छ।

अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले तेस्रो खेलमा ओमनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र ओमनबीचको खेल आज राति ९ः१५ बजे शुरु हुनेछ।

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा हुने खेलमा नेपाल जितका लागि मैदानमा उत्रिनेछ। पहिलो खेलमा नेपाल ओमनसँग १३ रनले पराजित भएको थियो।

त्यस्तै, दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो। नेपालले १३ अंकसहित छैटौं स्थानमा छ भने ओमन ४४ अंकसहित शीर्षस्थानमा छ।

 

प्रकाशित मिति: ०७:५६ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्