Kathmandu Press

एमसीसीविरुद्ध नेपाल पाँच विकेटले विजयी

काठमाडौं, कात्तिक १८ : नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि पाँच विकेटको जित निकालेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष....

एमसीसीविरुद्ध नेपाल पाँच विकेटले विजयी
फाइल

काठमाडौं, कात्तिक १८ : नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि पाँच विकेटको जित निकालेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि पाँच विकेटको जित निकालेको हो। 

एमसीसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३७ दशमबल ३ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि विनोद भण्डारी ५२  र पवन सराफ ३८ रनमा अविजित रहे।

यस्तै, शरद भेष्वाकरले २४ जोड्दा  दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २३–२३ रनको योगदान दिएका थिए।  कप्तान ज्ञानेन्द्र मल्लले १० र इशान पाण्डेले ४ रन जोडेका थिए। 

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको एमसीसीले ३९ दशमलव २ ओभरमा अलआउट हुँदै २०१ रनको योगफल तयार पारेको थियो। 

उसका लागि विल रोडसले सर्वाधिक ५४ र विल्ली गोड्लम्यानले ५२ रन जोडेका थिए। 

बलिङतर्फ नेपाल पवन सराफ र ललित नारायण राजवंशीले समान ४–४ विकेट लिए। यस्तै, करण केसी र अविनाश बोहराको नाममा समान १–१ विकेट रह्यो।
 

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, कात्तिक १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्