Kathmandu Press

देखाइयाे रातो मच्छिन्द्रनाथको भोटो (तस्बिरहरू)

हरेक वर्ष मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइएको चौथो दिन गुठी संस्थान ललितपुर शाखा प्रमुखले भोटो देखाउने परम्परा छ।
देखाइयाे रातो मच्छिन्द्रनाथको भोटो (तस्बिरहरू)

ललितपुर, जेठ २१ : ललितपुरको जावलाखेलमा आज (शनिबार) रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ।

उपत्यकाको मुख्य र लामो जात्राका रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत आज भोटो देखाइएको हो।

गुठी संस्थान ललितपुर शाखा प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलगायत राज्यका उच्च पदस्थ व्यक्तिहरूलाई भोटो देखाएका हुन्।

Hardik ivf

हरेक वर्ष मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइएको चौथो दिन गुठी संस्थान ललितपुर शाखा प्रमुखले भोटो देखाउने परम्परा छ। भोटो देखाउने जात्रामा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी ५ बजेतिर जावलाखेल पुगेकी थिइन्।

भोटो जात्रामा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाणलगायत राज्यका उच्च पदस्थ व्यक्तिहरू जावलाखेल पुगेका थिए। 

उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेका थिए।

मच्छिन्द्रनाथको दर्शन र भोटोजात्राको अवलोकनका लागि जावलाखेलमा सर्वसाधारणको घुइँचो लागेको थियो।

लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेल पुर्‍याइएको थियो। तीन साता तानिएको मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ।

भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ। भोटो देखाएसँगै मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङमती लगिन्छ।


 

प्रकाशित मिति: १८:३५ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्