Kathmandu Press

यसरी हुँदैछ भाेटाे जात्राकाे तयारी (तस्बिरहरू)

ललितपुर, जेठ २१ : आज (शिनबार) ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ। मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने प्रचलन रहेको छ। आज साँझ...
यसरी हुँदैछ भाेटाे जात्राकाे तयारी (तस्बिरहरू)

ललितपुर, जेठ २१ : आज (शिनबार) ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ। मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने प्रचलन रहेको छ। 

आज साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाइनेछ। त्यसका लागि तीव्र तयारी भइरहेको छ। भाेटाे जात्रा व्यवस्थापन पक्षले जावलाखेल परिसरमा सरसफाइको काम तीव्र रूपमा अघि बढाएको छ।

रथलाई थप सिँगार्ने, पूजापाठका लागि आवश्यक व्यवस्थापन मिलाउने कार्य पनि भइरहेको छ। जात्रा व्यवस्थापन पक्षलाई स्थानीयले पनि सघाइरहेका छन्। 

Hardik ivf

मच्छिन्द्रनाथको दर्शन र भाेटाेजात्राकाे अवलाेकनका लागि जावलाखेलमा सर्वसाधारणकाे घुइँचाे लागेकाे छ।

लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेल पुर्‍याइएको थियो। तीन साता तानिएको मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ।

भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ। भोटो देखाएसँगै मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङमती लगिन्छ।

प्रकाशित मिति: १४:५१ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्