Kathmandu Press

जलविद्युतमा भित्रियो ठूलो वैदेशिक लगानी, माथिल्लाे त्रिशूली- १ मा ५० अर्बको सम्झाैता

काठमाडौं, कात्तिक १५ :  जलविद्युत परियाेजनाका लागि हालसम्मकै ठूलाे वैदेशिक लगानी भित्र्याउने सम्झाैता भएकाे छ। 

माथिल्लाे त्रिशूली....

जलविद्युतमा भित्रियो ठूलो वैदेशिक लगानी, माथिल्लाे त्रिशूली- १ मा ५० अर्बको सम्झाैता
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १५ :  जलविद्युत परियाेजनाका लागि हालसम्मकै ठूलाे वैदेशिक लगानी भित्र्याउने सम्झाैता भएकाे छ। 

माथिल्लाे त्रिशूली- १ जलविद्युत आयाेजना निर्माणका लागि शुक्रबार वित्तीय सम्झाैता भएकाे छ। रसुवा जिल्लामा निर्माण हुन लागेकाे २ सय १६ मेगावाटको आयोजनाका लागि आईएफसीसहित ९ वटा अन्तर्राष्ट्रिय वित्त कम्पनीहरुले ५० अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएकाे हो।

नेपाल वटार एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी र ९ वटा वित्तीय कम्पनीले ४५ कराेड ३२ लाख अमेरिकी डलर अर्थात झण्डै ५० अर्ब नेपाली रुपैयाँ लगानी गर्ने सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएकाे हाे। उत्पादित विद्युत आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेकाे माथिल्लो त्रिशूली-१ जलविद्युतमा हालसम्मकै ठूलाे लगानी हाे। 

विश्व बैंक समूहकाे अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले १६ कराेड १३ लाख, एसियाली विकास बैंक (एडिबी) ले ६ कराेड, एसियाली पूर्वाधार लगानी बैंकले ३ कराेड ९६ लाख, काेरियाली निर्यात आयात बैंकले १० कराेड र काेरिया डेभलपमेन्ट बैंकले ३ कराेड ८ लाख डलर आयाेजनामा ऋण लगानी गर्ने भएका हुन्।

त्यसैगरी, सिडिसी ग्रुप पिएलसीकाे २ कराेड १९ लाख, नेदरल्याण्ड डेभलपमेन्ट फाइनान्स कम्पनीकाे १ कराेड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सिङ इन्ष्टिच्युसनले १ कराेड १० लाख र अन्तर्राष्ट्रिय विकास लागि ओपेक फण्डले १ कराेड ३२ लाख डलर ऋण लगानी गर्ने भएकाे छ।

आयाेजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ कराेड ३१ लाख युनिट विद्युत उत्पादन हुनेछ। आयाेजनाबाट उत्पादन हुने कुल वार्षिक विद्युतमध्ये ३८.७५ प्रतिशत हिउदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ।
 
विद्युत प्राधिकरणले सुख्खायाममा र वर्षायाममा क्रमश ८.४० र ४.८० प्रति युनिट दरमा खरिद गर्नेछ। आयाेजना सन् २०२५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
 

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, कात्तिक १५, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्