Kathmandu Press

यसरी गरियो सिथि कुमारको महास्नान

हरेक वर्ष जेष्ठ शुक्लपक्ष तृतीयाका दिन न्हू घः मा रक्त वर्णका कुमारको महास्नान गर्ने गरिन्छ।
यसरी गरियो सिथि कुमारको महास्नान

काठमाडौं, जेठ १९ : काठमडौंको जैसीदेवलमा सिथि कुमारको न्हवँ (महास्नान) गरिएको छ। हरेक वर्ष जेष्ठ शुक्लपक्ष तृतीयाका दिन न्हू घः मा रक्त वर्णका कुमारको महास्नान गर्ने गरिन्छ।

यसरी महास्नान गराइएका सिथि कुमार मयुरमा विराजमान हुन्छन्। महास्नानका लागि बाजा बजाउन बलम्बुबाट र पुजारी ललितपुरको सिद्धिपुरबाट  आउने गर्छन्।

यो वर्ष महास्नान हेर्न जैसीदेवलको स्थानीयहरुको भीड लागेको थियो। गत वर्ष भने कोरोना भाइरस महामारीका कारण दिउँसै स्वास्थ्य प्रोटोकल पालना गरेर महास्नान गराइएको थियो।

Hardik ivf

प्रकाशित मिति: २२:५२ बजे, बिहीबार, जेठ १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्